दुई महिला कर्मचारी बलात्कार भएको घटनामा एलओडीले मुख खोल्यो

दुई महिला कर्मचारी बलात्कार भएको घटनामा एलओडीले मुख खोल्यो

एलओडी क्लबले महिला कर्मचारीमाथि भएको यौन दुर्व्यवहारको घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ । 

केही दिनअघि क्लबका दुई महिला कर्मचारी (सरसफाइ कामदार) माथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आज विज्ञप्ति जारी गर्दै क्लबले उक्त मुद्दाको अनुसन्धान गर्न आफ्नो तर्फबाट साथ र सहयोग रहने उल्लेख गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेको हो । 

साथै, घटना क्लबभन्दा बाहिर भएपनि सामाजिक न्यायमा क्लब परिवार अझ बढी संवेदनशील र अडिर रहने विज्ञप्तिमा उल्लेख छ । 

‘घटना क्लबभन्दा बाहिर भएको भएतापनि हामी सामाजिक न्यायका लागि प्रतिबद्ध छौं । हाम्रा कर्मचारीहरुप्रति भएको दुःखद अनि असहज घटनामा हाम्रो साथ रहने छ । पुनः सामाजिक न्याय र समानातामा क्लब सदा अडिग रहने विश्वास दिलाउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

जुनसुकै हिंसा वा घटना मानवअधिकार विरोध भएको र अझ यौन हिंसा चरम मानव अपराध भएको भन्दै क्लबले दोषीलाई सजाय दिलाई पीडितलाई न्याय दिन माग गरेको छ ।

टिप्पणीहरू