घण्टौं उडान रोकिएपछि कतार एअरवेजविरुद्ध मुर्दावादको नारा

घण्टौं उडान रोकिएपछि कतार एअरवेजविरुद्ध मुर्दावादको नारा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान कक्षमा यात्रुहरुले नाराबाजी गरेका छन् । बोर्डिङ पास लिएको घण्टौसम्म यात्रुलाई नउडाइएपछि कतार एअरवेजविरुद्ध मुर्दावादको नारा घन्काएको बताइन्छ । 

आज बिहान ९ बजे उड्नुपर्ने कतारको उडान नम्बर क्युआर ६४९ को जहाज घण्टौंसम्म प्रस्थान गर्ने सुरसार नभएपछि यात्रुहरु आक्रोशित भएका हुन् । एअरवेजले प्राविधिक कारण जनाउँदै उडान रोकिएको जनाएको छ ।

लामो समयसम्म विमानस्थलमा राखेर बिजोग बनाएको भन्दै यात्रुहरुले नाराबाजी गरेका हुन् । बिहानदेखि कतार एअरवेजले ‘एक छिन’ भन्दै पर्खाएको थियो । विमानस्थल कार्यालयका अनुसार उक्त उडान साढे ७ घण्टापछि दिउँसो ४:२१ बजे उडेको छ ।

टिप्पणीहरू