सवारी जाँचमा व्यस्त ट्राफिकलाई भारतीय कारको ठक्कर
झापाको सडकमा सवारी चेकिङमा बसेका दुई ट्राफिक प्रहरीलाई कारले ठक्कर दिएको छ । भारतीय कारको ठक्करबाट दुबै जना गम्भीर घाइते भएको बताइएको छ ।
बिर्तामोड नगरपालिका बुट्टाबारीस्थित सडकमा सवारी चेकिङ गर्ने क्रममा उनीहरुलाई भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएको हो । घाइते ट्राफिकको बिर्तामोडस्थित अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टिप्पणीहरू