सवारी दुर्घटनामा प्रदेश मामिला सभापतिको गोडा भाँच्चियो, प्रधानाध्यापकको हात
रुकुम पश्चिमको चौरजहारीमा सवारी साधन दुर्घटनामा परेको छ । चौरजहारी नगरपालिका ३, घारीपाखामा कर्णाली प्रदेश मामिला समितिका सभापति तथा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित नौ जना घाइते भएका छन् ।
आज दिउँसो भएको कर्णाली प्रदेश ०२– ००१ झ ००४४ नम्बरको जिप दुर्घटनामा माननीय खड्काको बाँया गोडामा चोट लागेको छ । उनका स्वकिय सचिव हुकुम बिसीका अनुसार दुर्घटनामा चौरजहारी नगरपालिक –९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननीय खड्काको स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरीलगायत घाइते भएका छन् ।
प्रधानाध्यापक मल्लको हात भाँचिएको र अरुको अवस्था सामान्य रहेको बताइएको छ । भोलि त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन उनीहरु त्यसतर्फ गएको बताइएको छ । सवारी साधन अनियन्त्रित भएर पल्टिएको चालक गिरीले बताए ।
घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।
टिप्पणीहरू