चिनियाँ धनाढ्य ज्याक मा चितवनको मैघौली जाँदै

चिनियाँ धनाढ्य ज्याक मा चितवनको मैघौली जाँदै

हिजो काठमाडौं आइपुगेका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा आज चितवन जाने कार्यक्रम छ । निजी चार्टर विमानमा आएका उनी हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । 

चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक विश्वका सर्वाधिक धनाढ्यहरु मध्येका एक हुन् । चार्टर विमानमा उनी ढाका हुँदै आएका थिए । पर्सि सबेरै पाकिस्तानको लाहोर जाने उडान तालिका छ । 

राजधानीको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका उनी आज चितवनको मैघौली जाँदैछन् । त्यहाँको मेघौली सेरईमा उनले विनोद चौधरीसँग भेट गर्ने कार्यक्रम तय भएको बताइएको छ । उक्त रिसोर्ट चौधरीको हो ।

उनले आजै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट्ने कार्यक्रम छ । 

माको चार्टर विमानमा सात जना काठमाडौं आएका छन् । तीमध्ये छ जना चालक दलका सदस्य भएको बताइन्छ । टोली हङकङमा दर्ता रहेको जेट एभिएसन बिजनेस जेट्स हङकङ लिमिटेडको ८७३७ म्याक्स ८ विमानमा आएको हो । कल साइन भीपी सीएमए रहेको उक्त विमान केवल यात्रु चार्टरमा मात्र प्रयोग हुने गरेको छ । हिजोको उडान क्याप्टेन र्याण्डी डुरान हले भरेका थिए ।

विमानको कुल तौल ८२ हजार १९० किलोग्राम भएको बताइएको छ । जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बे ९ को ठ्याक्कै विपरित दिशामा पार्किङ गराइएको छ ।

सामान्य पर्यटक सरह नेपाल आएका माले हिजै साँझ नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग शिष्टाचार भेटवार्ता गरेको स्रोतको दाबी छ ।

टिप्पणीहरू