सर्वोच्चमा कोरोना सल्कियो

सर्वोच्चमा कोरोना सल्कियो

कोरोनाको संक्रमणले कहिँ कसैलाई नछाड्ने भयो । संबैधानिक अङ्गदेखि सर्वसाधारणसम्मलाई समान हिसाबबाट त्राहिमाम बनाउन थालेको यो महामारी सर्वोच्च अदालतमा समेत प्रवेश गरेको छ ।

१८ गतेदेखि ड्युटीमा नरहेका आफ्ना अङ्गरक्षकमा पोजिटिभ देखिएपछि न्यायाधीश इश्वर खतिवडा आइसोलेसनमा जानुभएको छ भने उहाँसङ्ग बेन्च शेयर गर्ने अन्य श्रीमानहरु हरि फुयाल, मीरा खड्का, पुरुषोत्तम भण्डारी र मनोज शर्माले पनि बिदा बस्ने निधो गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू