राजधानीका सार्वजनिक यातायातमा यात्रुको लाखौं चोरियो

राजधानीका सार्वजनिक यातायातमा यात्रुको लाखौं चोरियो

सार्वजनिक यातायातमा यात्रारत यात्रुको पैसा चार्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । 

भक्तपुरका ३१ वर्षीय सञ्जिव तामाङ, काठमाडौंका ३३ वर्षीय आईतमान तामाङ, ललितपुरकी २१ वर्षीया सविना तामाङ र ५८ वर्षीया मंगललक्ष्मी श्रेष्ठ यात्रुको रकम चोरेको अभियोगमा प्रहरी नियन्त्रणमा पुगेका हुन् । 

उनीहरुले अस्ति ललितपुरको ग्वार्कोमा सार्वजनिक यातायातमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७४७ अमेरिकी डलर चोरेका थिए । नेपाली रुपैयाँ ९ लाख २३ हजार १५७ बराबरको डलर  चोरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्रेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार मंगललक्ष्मी चोरीको डलर सटही गर्दै आएकी थिइन् । सोही क्रममा उनी ललितपुरको बकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जबाट २८ सय डलरसहित पक्राउ परेपछि चोरीमा संलग्न अन्य पनि समातिएका हुन् । 

प्रहरीले पक्राउ परेका उनीहरुलाई चोरीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको बताएको छ ।

टिप्पणीहरू