सुन समातिएको ठाउँ हेर्न गए गृहमन्त्री

सुन समातिएको ठाउँ हेर्न गए गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनी प्रहरी प्रमुखसँगै भर्खरै त्यहाँ गएको बुझिएको छ ।

विमानस्थल भन्सार कार्यालयबाट तस्करीको एक क्विण्टल सुन बाहिरिएपछि उनी विमानस्थल निरीक्षणमा गएका हुन् । मन्त्रीसँगै प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि निरीक्षण सहभागी छन् । 

मंगलबार राति हङकङबाट ल्याइएको कार्गोमा मोटरसाइकल र स्कुटरको ब्रेस सु भनिएका ३२० थानभित्र सुन लुकाइएको तथ्य सामान भन्सारबाट बाहिरिएपछि खुलेको थियो । सुन भनिएको ब्रेक सुलाई हिजो दिउँसोदेखि नेपाल राष्ट्र बैंक टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ ।

टिप्पणीहरू