विनोद चौधरी मध्यराति काठमाडौं फिर्ता

विनोद चौधरी मध्यराति काठमाडौं फिर्ता

विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरी गएराति काठमाडौं आइपुगेका छन् । खुसुक्क अमेरिका गएका उनी राति साढे १२ बजे काठमाडौं ओर्लिएका हुन् ।

चौधरी फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा दुबईबाट आएको अध्यागमन कार्यालय स्रोतले बताएको छ ।उनी दुई साताअघि दुबई हुँदै अमेरिका पुगेका थिए । न्युयोर्कमा आर्ट अफ लिभिङ्गका रवि शंकरलाई भेटेर फर्केका हुन् ।

चौधरी एक पन्थ दो काजको शैलीमा दुबई हुँदै अमेरिका गएको बेला यता पाल्पास्थित सिजी सिमेन्ट कारखानाको एउटा फलामे चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । जाँदा र फर्कंदा दुबई उत्रिएका उनी डलरको हिसाबकिताब मिलाएर आएका हुन् । 

तीन छोरामध्ये जेठा काठमाडौंमा,माइलो दुबई र कान्छो नयाँ दिल्लीमा बसेर चौधरी ग्रुपको व्यवसाय चलाइरहेका छन् ।

टिप्पणीहरू