पर्यटनमन्त्री राति विमानस्थलको टावरमा उक्लेपछि...

पर्यटनमन्त्री राति विमानस्थलको टावरमा उक्लेपछि...

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्नुभएको छ । उहाँ हिजो राति साढे ९ बजे त्यहाँ पुगेर १० बजे फर्कनुभयो।

विमानस्थलको छड्के चेकजाँचमा जानुभएको भनिएका मन्त्री सरासर प्रस्थान कक्षमा अवस्थित कार्गो तथा कुरियर सेवा उपलब्ध गराउँदै आएको साप्सु एभिएसन प्रा.लिको वैधानिकताबारे जानकारी लिन विमानस्थल पुग्नुभएको मन्त्रालय स्रोतले बताएको छ । एउटा टेलिभिजनको क्यामरा पर्सनसहित पुग्नुभएका मन्त्रीले उक्त संस्थाको कानुनी हैसियतबारे आज बिहान मन्त्रालय पुगेपछि अध्ययन गर्ने जनाइएको छ ।

त्यसपछि उहाँ नजिकैको विमानस्थल टावर उक्लिनुभएको थियो । उडान नियन्त्रण कक्षको अवलोकनपछि मन्त्री किराती बल्ल निवास फर्कनुभयो । स्रोतका अनुसार विशेष सुराकीले दिएको जानकारीपछि उहाँ विमानस्थलको छड्के निरीक्षणमा पुग्नुभएको हो ।

टिप्पणीहरू