विमानस्थलमा विमान अपहरणपछिको उद्धार अभ्यास शुरु

विमानस्थलमा विमान अपहरणपछिको उद्धार अभ्यास शुरु फाइल फोटो
सुन्नुहोस्

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अपहरणपछिको उद्धार अभ्यास गरिएको छ । विमानस्थलस्थित नेपाल वायुसेवा निगमको ह्याङ्गरमा सेनाको एउटा टोलीले उक्त अभ्यास गरेको बताइएको छ । 

नेपाली सेनाको युद्ध भैरव गणका डेढ दर्जनको संख्यामा रहेको सैन्य टोलीले आजदेखि केही दिनसम्म विमान अपहरणको नियमित उद्धार अभ्यास गर्न लागेका हुन् । आगामी शुक्रबारसम्म हुने अभ्यास आज नेपाल वायुसेवा निगमको विमानमा गरिएको हो ।

भोलि हिमालयन एअरलाइन्सको विमानमा, पर्सि बुद्ध एअर र बिहीबार र शुक्रबार पुनः नेपाल वायुसेवा निगमका विमानमा उक्त अभ्यास गर्न लागिएको हो ।

टिप्पणीहरू