डाक्टरको लाइसेन्स परीक्षा असोजमा
नेपाल मेडिकल काउन्सिलले ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स ) परीक्षाको मिति तोकेको छ ।
काउन्सिलले आज सूचना प्रकाशित गर्दै आगामी असोज १० देखि १२ गतेसम्म चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको परीक्षा सञ्चालन हुने जानकारी दिएको हो । सो परीक्षाका लागि यही साउन २९ गतेदेखि अनलाइन आवेदन खुला हुने भएको छ ।
काउन्सिलका अनुसार परीक्षामा सहभागी हुनुका लागि आगामी भद्रौ २६ गतेसम्म नियमित शुल्कमा फाराम बुझाउन सकिनेछ । त्यस्तै, भद्रौ २७ र २८ गते बिलम्ब शुल्कसहित फाराम बुझाउन सकिने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।
काउन्सिले अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुल्ला हुने पनि सूचनामा उल्लेख गरेको छ ।
टिप्पणीहरू