भर्ना सूचीउपर चित्त नबुझे निवेदन दिन महानगरको अनुरोध

भर्ना सूचीउपर चित्त नबुझे निवेदन दिन महानगरको अनुरोध

काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति पाउने विद्यार्थीको अन्तिम सूचीमा चित्त नबुझे निवेदन दिन सकिने जनाएको  छ । 

महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीउपर कुनै गुनासो भएमा निवेदन दिन माग गरेको हो । सूचनामा त्यस्तो कुनै गुनासो भएमा आज बेलुकी ५ बजेसम्म महानगरको शिक्षा विभागमा आवेदन दिन सकिने उल्लेख छ । 

साथै, पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सिफारिस गरिएकोमा केही परीक्षार्थीहरुले म्याचिङको नतिजाउपर चित्त नबुझी शिक्षा विभागमा दिएका निवेदनउपर पनि कारबाही भइरहेको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले उक्त निवेदनउपर कारबाही सम्पन्न भएपछि म्याचिङको पहिलो भर्ना सूचीको अन्तिम नतिजा प्रकाशन गरिने र सो पछिमात्र सम्बन्धित शिक्षण संस्थामा भर्नाका लागि जान अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू