स्वास्थ्य व्यवसायी परिषद्द्वारा लाइसेन्स परीक्षाको आवेदन माग

स्वास्थ्य व्यवसायी परिषद्द्वारा लाइसेन्स परीक्षाको आवेदन माग

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन मागेको छ । परिषद्ले आज सूचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको आठौं नाम दर्ता परीक्षाका लागि आवेदन मागेको हो । 

सूचनामा परीक्षामा सहभागी हुन चाहनेहरुले आजदेखि आगामी असोज २१ गतेसम्म अनलाइन दरखास्त दिन सक्ने उल्लेख छ । साथै, दोब्बर दस्तुर तिरेर असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । 

परिषद्ले एकदेखि पाचौं नाम दर्ता प्रमाणपत्र परीक्षा दिई सकेका परीक्षार्थीले पुनः परीक्षामा सामेल हुनका लागि नयाँ इमेल आइडी बनाई तोकिएको समयभित्र नै आवेदन दिनुपर्ने जनाएको छ । यदि परीक्षार्थीले पुरानो इमेलबाट आवेदन गरी परीक्षा दिनबाट वञ्चित भएमा परीक्षार्थी स्वंयम जवाफदेही हुनुपर्ने सूचनामा उल्लेख छ । 

परीक्षा मिति, परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्र र थप अन्य जानकारीको लागि परिषद्को आधिकारिक वेबसाइटमा सूचना प्रकाशन गरिने पनि जानकारी गराइएको छ ।

टिप्पणीहरू