खोइ चुच्चे ?

खोइ चुच्चे ?

नेपालले बनाएको चुच्चे नक्सलाई भारतले त अस्वीकार ग¥यो ग¥यो, अब चीनले पनि अस्वीकार गरेको छ । नेपालले चुच्चे नक्सा जारी गरेको सबैलाई थाहा छ, चीनलाई मात्रै कसरी थाहा भएन ? सायद नेपालले चिनियाँ भाषामा जारी गरेन होला । त्यसैले चीनलाई थाहा भएन । 

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको पुरानै नक्सा छ । चुच्चेवाला छैन । चीनले यही बेला चुच्चो नभएको नक्सा किन जारी गरेको होला ? अस्ति मात्रै एकजना अमेरिकी नेपाल आएका थिए । नेपालले अबदेखि एमसिसी परियोजना लागू भयो भनेर घोषणा पनि गर्‍यो । फ्याट्ट यही बेला चीनको नक्सा आयो । यसो हेर्छु त चुच्चो गायब ! त्यहीबेला झट्ट एउटा बाल गीत याद भयो – 

कुखुरी काँऽ

चुच्चोले भात खाँऽ

खोइ मेरो चुच्चो ?

चाइनाले खायो 

खोइ चाइना ?

एमसिसी खोज्न गयो

खोइ एमसिसी ?

बत्ती बाल्न गयो

खोइ बत्ती ?

कुलमानले निभायो

खोइ कुलमान ?

बालुवाटारमा होला

खोइ बालुवाटार ?

सिंहदरबारमा होला

खोइ सिंहदरबार ?

बालेनले बाऽऽऽल्यो । 
 

टिप्पणीहरू