घर–घरमा गएर सिरक, डसना बनाउन रोक

घर–घरमा गएर सिरक, डसना बनाउन रोक

भरतपुर महानगरपालिकाले घर–घरमा गएर सिरक, डसना बनाउन रोक लगाएको छ । घर, पसल वा सटरमा व्यवसाय संचालन गर्न जोड दिँदै महानगरले यस्तो निर्णय गरेको हो । 

महानगरपालिकाले गाउँबस्ती, टोल तथा चोकचोकमा ब्यानरसहित चर्को आवाजमा माइकिङ गरेर ट्रयाक्टरलगायत ढुवानी सवारी साधनमा मेसिन जडान गरेर घुम्तीमार्फत व्यवसाय सञ्चालन नगर्न भनेको छ । 

जिल्ला प्रशासन कार्यालय, चितवनको निर्णयअनुसार सिरक, डसना निर्माणसम्बन्धी घुम्ती सेवा व्यवसायमा प्रतिबन्ध लगाइएको महानगरपालिकाको राजश्व व्यवस्थापन महाशाखाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले बताए । उनका अनुसार घुम्ती सेवामा रोक लगाउन भन्दै महानगरपालिकाभित्रका सम्पूर्ण सिरक, डसना तथा कपास निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । 

‘ट्रयाक्टरलगायतका ढुवानी साधनमा मेसिनजडानसहित घुम्ती सेवामार्फत सञ्चालन भएका व्यवसायहरुलाई रोक्न, नियन्त्रण गर्न निर्देशन भएबमोजिम भरतपुर महानगरपालिकाबाट सिरक, डसना निर्माणसम्बन्धी व्यवसाय दर्ता नगरेको वा यस पूर्व महानगरपालिकामा व्यवसाय दर्ता गरेकै आधारमा घुम्ती सेवा सञ्चालन गरेको भएमा अर्को निर्णय वा निर्देशन प्राप्त नभएसम्मका लागि घुम्ती सेवामार्फत भएका त्यस्या कार्यहरु रोक्न’, पत्रमा उल्लेख छ । 

महानगरपालिकाले घर, पसल, सटरबाट मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै, कसैले अटेर गरेमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी छ ।

टिप्पणीहरू