चाडवाडलगत्तै राजधानीका केही सडकमा दुईतर्फी सवारी सञ्चालनमा रोक

चाडवाडलगत्तै राजधानीका केही सडकमा दुईतर्फी सवारी सञ्चालनमा रोक

काठमाडौं महानगरपालिकाभित्रका तीन वटा सडक खण्डलाई एकतर्फी (वान वे) बनाउन लागिएको छ । साँघुरो सडकमा दोहोरो सवारी सञ्चालन गर्दा ट्राफिक जाम भएपछि उक्त निर्णय गरिएको बताइएको छ ।

काठमाडौं महानगरपालिकाले जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पसको घण्टाघर अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ जान नपाइने गर्न लागिएको हो । अबदेखि कमलादी मोडबाट घण्टाघरतर्फ मात्र आउन पाइने छ ।

त्यस्तै पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिन नपाइने व्यवस्था गरिँदैछ । त्यहाँ महेन्द्रको शालिकदेखि कमलपोखरीतर्फ मात्र आउन पाइने छ । 

यस्तै काठमाडौं र ललितपुरलाई जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर जाने सडकमा पनि त्रिपुरेश्वरबाट पुलतर्फ जान पाइने छैन । अब सडक संकेत राखेर जानकारी दिएपछि उक्त निर्णय कार्यान्वयन हुने बताइएको छ ।

टिप्पणीहरू