नक्सा पास नभएका संरचनालाई पनि करको दायरामा ल्याइने

नक्सा पास नभएका संरचनालाई पनि करको दायरामा ल्याइने

काठमाडौं महानगरपालिकाले नक्सा पास नभएका संरचनालाई पनि सम्पत्ति करको दायरामा ल्याउने भएको छ । 

नक्सा पास नगरी निर्माण भएको स्थायी तथा अस्थायी घर, टहरा, छप्पर, सेडजस्ता संरचनालाई सम्पत्ति करको दायरामा ल्याउने महानगरले निर्णय गरेको हो । 

महानगरको राजस्व विभागका निर्देशक ध्रुवकुमार काफ्रलेका अनुसार महानगर क्षेत्रभित्र कुनै व्यक्तिको आफ्नै स्वामित्वमा रहेको जग्गामा नक्सा पास गरी वा नगरी निर्माण भएको स्थायी वा अस्थायी घर, टहरा, छप्पर, सेडजस्ता संरचना समेतलाई सम्पत्ति कर प्रयोजनका लागि घर मानेर मूल्यांकन गरी कर निर्धारण गरिनेछ । 

त्यस्तै, करदाताको सम्पत्ति थप भएमा वा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी हुँदा जग्गा वा भवनको क्षेत्रफल थप हुन गएको देखिएकोमा पनि कर निर्धारण गरिने महानगरले जनाएको छ ।

टिप्पणीहरू