धितोपत्र बोर्डले लगानीयोग्य रकम मुद्दतीमा लगानी गर्ने

धितोपत्र बोर्डले लगानीयोग्य रकम मुद्दतीमा लगानी गर्ने

नेपाल धितोपत्र बोर्डले लगानीयोग्य रकम बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । 

बोर्डमा रहेको लगानीयोग्य रकम ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गरिने जनाइएको छ । बोर्डले आफूले दिनसक्ने एक वर्षे ब्याजदरसहित इच्छुक ‘क’ वर्गका बैंकलाई यही कात्तिक १९ गतेभित्र योग्यता खुल्ने आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

प्राप्त प्रस्तावहरु सोही दिन अपरान्ह ४ बजेर १५ मिनेटमा बोर्डको कार्यालय ललितपुरको खुमलटारमा खोलिनेछ । 

त्यस्तै, लगानीसम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने र यससम्बन्धी थप जानकारी बोर्डको वेभसाइटबाट लिन सकिने बताइएको छ ।
 

टिप्पणीहरू