ट्रकको ठक्करबाट महिलाको निधन, स्थानीयको नारा जुलुसपछि सडक अवरुद्ध
मकवानपुरको हेटौंडामा ट्रकले ठक्कर दिएपछि पैदल यात्रीको ज्यान गएको छ ।
ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय नीरा बजगाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौंडा–६ स्थित शान्ति टोलमा हेटौंडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले आज ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
बजगाईंको मृत्युपछि आक्रोशित स्थानीयले कान्ति लोकपथ सडक अवरुद्ध पारेका छन् ।
टिप्पणीहरू