एक दर्जन कर्मचारी माग्दै भक्तपुर क्यान्सर अस्पताल

एक दर्जन कर्मचारी माग्दै भक्तपुर क्यान्सर अस्पताल

भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा कर्मचारी मागेको छ । अस्पतालले आज सूचना प्रकाशित गर्दै मेडिकल अफिसरसहित विभिन्न पदमा एक दर्जन कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । 

सूचनामा मेडिकल अफिसर दुई, स्टाफ नर्स चार, फार्मेसी सहायक तीन र रिसेप्सनिष्ट दुई जना मागिएको छ । योग्यता पुगेका इच्छुकले आगामी १५ दिनभित्र दरखास्त दिनसक्ने अस्पतालले जनाएको छ ।

टिप्पणीहरू