भूकम्पपीडितको नाममा एक रुपैयाँ सहयोग उठाउँदै काँग्रेस ट्रेड युनियन
नेपाली काँग्रेसको भ्रातृ संगठन ‘नेपाल ट्रेड युनियन, काँग्रेस’ ले भूकम्पपीडितहरुका लागि एक रुपैयाँ सहयोग गर्न आग्रह गरेको छ ।
गत कात्तिक १७ गते राति जाजरकोट र रुकुममा गएको भूकम्पका पीडितलाई सहयोग गर्न कोष स्थापना गरेको उल्लेख गर्दै युनियनले न्यूनतम एक रुपैयाँ सहयोग गर्न आफ्ना सदस्यहरुलाई आग्रह गरेको हो ।
युनियनका कार्यवाहक महासचिव बलदेव तामाङ्गले सम्पूर्ण जिल्ला समिति, प्रदेश समिति र आबद्ध राष्ट्रिय संघहरुलाई पत्राचार गर्दै मंसिर १५ गतेभित्र रकम जम्मा गरिसक्न सूचित गराएका छन् ।
‘भूकम्पपीडित सहयोगार्थ नेपाल ट्रेड युनियन, कांग्रेसका प्रति सदस्यहरुले न्यूनतम एक रुपैयाँ सहयोग गर्नुपर्ने निर्णयसमेत गरेकोले यसैअनुरुप मिति २०८० मंसिर १५ गतेभित्र तपसिलको बैंक खातामा रकम जम्मा गरी महासंघको लेखा शाखामा जानकारी गराउनुहुन...’, पत्रमा उल्लेख छ ।
युनियनले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रहेको १४२०१००००४५४७००१ खातामा रकम जम्मा गर्न भनेको छ ।
टिप्पणीहरू