घाँटीमा सुन्तला अड्किएका बालकको मृत्यु

घाँटीमा सुन्तला अड्किएका बालकको मृत्यु

सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको ज्यान गएको छ ।

मालिका गाउँपालिका वडा नम्बर ५, छापहिलेको छाप राङ्लाका ३ वर्षीय आयुष ठकुरीको सुन्तलाको केस्रा घाँटीमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

आज दिउँसो घरको छतमा बसेर आमासँगै सुन्तला खाइरहेका आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार घाँटीमा सुन्तलाको केस्रा अड्किएलगत्तै उनलाई उपचारार्थ गुल्मी अस्पताल लगिएकोमा दिउँसो साढे २ बजेतिर मृत्यु भएको हो ।

टिप्पणीहरू