मन्दिरको छतमा खेलिरहेका बालक खसे
स्याङ्जामा मन्दिरको छतबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।
गल्याङ नगरपालिका–२ घर भई हाल वालिङ नगरपालिका–८ बगालेटोलस्थित लक्ष्मीनारायण मन्दिर समितिको घरमा भाडामा बस्दै आएका हरि अर्यालका २ वर्षीय छोरा सार्थक मन्दिरको छतबाट खसेर गम्भीर घाइते भएका हुन् ।
हिजो बिहान मन्दिरको छतमा खेलिरहेका सार्थक भुईंमा खसेपछि उनको टाउकोमा गम्भीर चोट लागेको हो ।
तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा उनलाई थप उपचारका निम्ति पोखराको मणिपाल अस्पताल रिफर गरिएको थियो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू