युक्रेनसङ्ग लड्न गएका ३ नेपाली मारिए

युक्रेनसङ्ग लड्न गएका ३ नेपाली मारिए
सुन्नुहोस्

युक्रेनविरुद्ध लड्नका लागि रुसी सेनामा भर्ती भएका ३ जना नेपालीको मृत्यु भएको छ। 

मस्कोस्थित नेपाली दूतावासका उच्च अधिकारीका अनुसार उनीहरू मारिएको घटनाबारे विस्तृत विवरणहरू नेपाल सरकारलाई पठाइसकिएको छ। 

दूतावासका अनुसार स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको निधन भएको हो ।

उनीहरूको गत १५ नोभेम्बरमा मृत्यु भएको दूतावासले जनाएको छ।

त्यसको विस्तृत खोजी गरेर दूतावासले चार दिनअघि मात्रै नेपालस्थित कन्सुलर विभागलाई मृतकका आफन्तसँग समन्वय गरिदिनका लागि पत्राचार गरेको थियो । 

उनीहरूको शव व्यवस्थापन र नेपाल पठाउनका लागि रुसी सेनासँग समन्वय भइरहेको जनाइएको छ। उनीहरू कुन घटनामा कसरी मारिएका हुन् भन्ने अझै खुलाइएकाे छैन । 

रुस र युक्रेनबीच युद्ध चर्किरहँदा रुसी सेनामा भर्ना भएका नेपाली युवाका बारेमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेख्दै आएका थिए । तर नेपाली अधिकारीहरूले भने त्याे कुरा पुष्टि गरिरहेका थिएनन् । 

यसअघि लडाईंमा हाेमिएका अरु नेपाली घाइते भएका समाचारहरू पनि सार्वजनिक भएका थिए।

 

टिप्पणीहरू