मिडिया हाउसहरुलाई सूचीकृत हुन सात दिनको म्याद

मिडिया हाउसहरुलाई सूचीकृत हुन सात दिनको म्याद
सुन्नुहोस्

झापाको दमक नगरपालिकाले मिडिया हाउसहरुलाई सूचीकृत हुन आउन आह्वान गरेको छ । नगरपालिकाद्धारा जनहितमा जारी सूचना प्रकाशन, प्रशारण गर्न इच्छुक टेलिभिजन, एफएम रेडियो, दैनिक, साप्ताहिक, पाक्षिक वा मासिक पत्रपत्रिकाका साथै अनलाइन मिडियाहरुलाई सूचीकृत हुन आह्वान गरिएको हो । 

नगरपालिकाले मंसिर २७ गते कार्यालय समयभित्र सूचीकृत हुन आग्रह गर्दै प्रकाशित सूचनामा भनिएको छ, ‘नगरपालिकाको जनहितमा जारी सूचना प्रकाशन, प्रशारण गर्न दमक नगरपालिकाभित्र रहेका इच्छुक टेलिभिजन, एफएम रेडियो, दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका साथै अनलाइन मिडियाहरुलाई मिति २०८०–८–२७ गते कार्यालय समयमा सूचित हुन दमक नगरपालिका यो सूचनामार्फत् आह्वान गर्दछ ।’

सूचीकृतका लागि निवेदनसँगै प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यवसाय दर्ता गरेको प्रमाणपत्र र करचुक्ता रसिदको प्रतिलिपि, सूचना विभागमा दर्ता अनुमति प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको करचुक्ता रसिद, कार्यालय भाडामा लिएको भए घरधनीसँगको सम्झौता पत्र पनि सँगै पेश गर्नुपर्नेछ ।

टिप्पणीहरू