मध्यरातमा अमेरिकी कूटनीतिज्ञहरुको आगमन, प्रहरी महानिरीक्षक पनि सँगै

मध्यरातमा अमेरिकी कूटनीतिज्ञहरुको आगमन, प्रहरी महानिरीक्षक पनि सँगै
सुन्नुहोस्

काठमाडौंस्थित अमेरिकी दूतावासका दुई जना कूटनीतिज्ञ गएराति दोहा हुँदै आइपुगेका छन् । सहायक सचिव एस बर्निकाट र विशेष सहायक क्याथरिन कनेल कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा राति १ बजे आएको बताइएको छ ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहयोगी काठमाडौंमा छिन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्मा राष्ट्रपतिका निम्ति विशेष सहयोगीको रुपमा रहेकी एलियन लौबाचर हिजो बिहान ९ बजे आइपुगेपछि ११ बजे प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गरिसकेकी छन् । आज साँझ दोहा हँुदै स्वदेश फर्कने कार्यक्रम छ । उनको टोलीका अर्का एक जना अमेरिकी अधिकारी हिजो साँझ मात्र काठमाडौं ओर्लेका हुन् । 

त्यसैगरी पूर्वराजदूत तथा अमेरिकी सहायकमन्त्री एलिआना बी टेप्लिज नेतृत्वको तीन सदस्यीय टोली हिजोराति स्वदेश फर्केको हो । उनीहरु राति साढे २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६१५ मा दोहा प्रस्थान गरेका थिए ।  हाल सहायकमन्त्रीको जिम्मेवारीमा रहेकी टेप्लिज नेपालका लागि पूर्व अमेरिकी राजदूत हुन् ।

यसैबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर पनि गएराति सोही उडानमा दोहा हुँदै स्वदेश फर्केका छन् । उहाँसँगै प्रहरीको इन्टरपोल शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम समशेर राणालगायत पाँच जनाको टोली पनि काठमाडौं आइपुगेको हो ।

टिप्पणीहरू