गिरोहमा संलग्न वायुसेवा निगमका अधिकृत निलम्बित

गिरोहमा संलग्न वायुसेवा निगमका अधिकृत निलम्बित
सुन्नुहोस्

नेपाल वायुसेवा निगमले अधिकृत होमनाथ पोखरेललाई निलम्बन गरेको छ । नक्कली कागजात बनाएर नेपाली श्रमिकलाई भिजिट भिसामा खाडी मुलुक पठाएको आरोपमा पक्राउ परेका उनलाई निलम्बन गरिएको जनाइएको छ । 

नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्तसम्बन्धी विनियावली २०५८ को विनियम ९६ को उपविनियम ३ बमोजिम उनलाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको उल्लेख छ । 

‘तपाईंलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएकोले नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम ९६ को उपविनियम ३ बमोजिम पक्राउ परेको मिति २०८०–०८–२५ गतेदेखि नै लागु हुनेगरी मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि तपाईंलाई निलम्बन गरिएको...’, पत्रमा उल्लेख छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पोखरेलसहित दुई दर्जन बढीलाई पक्राउ गरेको छ । उनीहरुलाई लिखितसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू