दमक नगरपालिकाले राजश्व अनुगमन गर्ने

दमक नगरपालिकाले राजश्व अनुगमन गर्ने

झापाको दमक नगरपालिकाले कर तिरे–नतिरेको अनुगमन गर्ने भएको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सम्पूर्ण व्यवसायीले कर तिरे–नतिरेको अनुगमन गर्न लागेको जनाएको छ । 

नगरपालिकाले राजश्व अनुगमनबारे जानकारी गराउँदै व्यवसाय दर्ताको प्रमाणपत्र पसलमा देखिने स्थानमा राख्न र प्रमाणपत्र लिन बाँकी भए अविलम्ब वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । जारी सूचनामा भनिएको छ, ‘दमक नगरपालिकालाई नियमानुसार बुझाउनुपर्ने कर, दस्तुर बुझाए नबुझाएको सम्बन्धमा अनुगमन भइरहेको हुँदा सम्पूर्ण व्यवसायीहरुले दमक नगरपालिकामा दर्ता गरेको व्यवसाय प्रमाणपत्र पसलमा देखिने गरी राख्नुहोला, प्रमाणपत्र लिन बाँकी भए अविलम्ब आफ्नो वडा कार्यालयमा गई व्यवसाय प्रमाणपत्र लिनुहोला ।’

साथै, नगरपालिकाले समयमै राजश्व बुझाई स्थानीय विकास निर्माणका कार्यमा सहयोग पुर्याउन आग्रहसमेत गरेको छ ।

टिप्पणीहरू