विमानस्थलमा सशस्त्रको नयाँ टोली परिचालन

विमानस्थलमा सशस्त्रको नयाँ टोली परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि सशस्त्र प्रहरीको नयाँ टोली खटाइएको छ । 

सुरक्षा व्यवस्था कडा पार्नका लागि सशस्त्र प्रहरी नायव निरीक्षक दिपेन्द्र सिंहको कमाण्डमा ६ जनाको नियमित टोली भन्सारमा परिचालन गरिएको हो । अब भन्सार परिसरमा आजदेखि हरेक समय ६–६ जनाको टोली ड्युटीमा खटिने छन् । 

भन्सार सुरक्षाका लागि गलामुखि विशेष कार्यदल नम्बर १९ गण हेडक्वार्टरका निरीक्षक केदारनाथ सापकोटाको कमाण्डमा ३१ जनाको टोलि अहिले खटिंदै आएको छ । यात्रुहरुबाट भन्सारका कर्मचारीमाथि हुने अभद्र व्यवहार र प्रहरी तथा अन्य कर्मचारीहरुको सहयोगमा हुने तस्करी, चोरी निकासी रोकथाम तथा न्यूनिकरणका लागि नयाँ टोली खटाएको जनाइएको छ । 

विमानस्थलस्थित अध्यागमन कार्यालय, प्रहरी र विभिन्न एअरलाइन्ससँगको मिलेमतोमा नक्कली कागजपत्रका आधारमा भिजिट भिसा बनाएर खाडी मुलुकमा मानव तस्करी हुने गरेको खुलेपछि विमानस्थलको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठिरहेका बेला सशस्त्रको फौज बढाइएको हो ।

टिप्पणीहरू