विमानस्थलमा कुटपिटको बिबादमा को बढी जिम्मेवार ?

विमानस्थलमा कुटपिटको बिबादमा को बढी जिम्मेवार ?
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको अध्यागमनका अधिकृत र नेपाल प्रहरीका जवानवीच हानाहानको विषय थप पेचिलो बन्दै गएको छ । प्रहरीको ज्यादतीले सीमा नाघेको भन्दै अध्यागमनमा रहेका निजामती कर्मचारीहरुको पाँच वटा संगठनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । त्यस्तै ज्ञापनपत्र बुझाउन उनीहरुले प्रधानमन्त्रीसँग पनि समय मागेका छन् । तर,प्रधानमन्त्रीको कार्यालयले कर्मचारीलाई समय उपलब्ध गराएको छैन ।

यसबीच अध्यामगनका कर्मचारीहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा निकायहरुमध्ये नेपाल प्रहरीको निकै आलोचना गरेका छन् । उनीहरुले गृहमन्त्रीलाईसमेत नेपाल प्रहरीभन्दा सशस्त्र प्रहरी बल धेरै अर्थमा उपयुक्त र प्रभावकारी रहेको उदाहरण दिएका हुन् । ती संगठनले जारी गरेको संयुक्त विज्ञप्तिको ६ नम्बर बुँदामा सीमा हेर्ने निकाय एपीएफ भए पनि विमानस्थलमा निभाएको प्रभावकारिता र नेपाल प्रहरीको अप्रभावकारी कार्यका कारण ती दुईबीच शक्ति पृथकीकरणको सिद्धान्त नमिलेको निश्कर्ष निकालिएको हो ।

नेपाल प्रहरीले त्यो मापदण्ड अपनाएको देखिँदैन । पसिनाबाट सर्ने खालका हेपाटाइटिसजस्तो रोग सर्यो भने  त्यसको जिम्मेवारी कसले लिने ?’

नेपाल प्रहरीमाथि कर्मचारीहरुले सुन तस्करीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै आएका छन् । ‘एअरपोर्टबाट भएको सुन तस्करीमा डिआइजी संलग्न भएको पाइयो तर छानबिन भएन । ती डिआइजीलाई विमानसम्म आफ्नो गाडी लैजान कसले अधिकार दियो ? तर पनि उनीमाथि छानबिन भएन ।’ 

हात हानाहानको चुरो कुरो बताउँदै विमानस्थल स्रोत बताउँछ, ‘कुनै पनि यात्रुको राहदानीलगायत ट्राभल डकुमेन्टको आधिकारिकता जाँच्ने निकाय र अधिकार अध्यागमनलाई मात्रै छ ।’ तर,प्रहरीले पनि उक्त अधिकार खोस्न थालेपछि अध्यागमनसँग प्रहरीको टसल भएको सहजै अनुमान लगाउन सकिन्छ । त्यहाँ खटिएका प्रहरीले भिजिट भिसा वा कामदार भिसामा जानेहरुको कागजात जफत गर्ने वा नक्कली भएको नाममा पैसा उठाउने गरेको धेरै अघिदेखिको खेल हो । तर,पछिल्लो महिनादेखि त्यो काम बन्द भएको छ । प्रहरीको सेटिङ सञ्जाल बन्द भएपछि रुष्ट हुनु स्वाभाविक रहेको अध्यागमनका कर्मचारी बताउँछन् । 

अर्कोतर्फ विमानस्थलबारे आफूविरुद्धको समाचार अध्यागमनका कर्मचारीले छपाएको भन्दै प्रहरीहरु रुष्ट हुँदै आएका थिए । सोही क्रममा शुक्रबार ‘वाक थ्रुु’ गेटबाट पार भइसकेपछि अध्यागमन कार्यालयका अधिकृतलाई फेरि हातले छामेर चेकजाँच गर्नु आवश्यक नभएकोमा अधिकांश सुरक्षा निकायका कर्मचारीहरु सहमत देखिन्छन् । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा नाङ्गो हातले कसैको पनि शरीर खानतलासी गरिँदैन । मेशिन वा अत्यावश्यक अवस्थामा पञ्जा लगाउनैपर्छ,’ उल्लेख गर्दै उनीहरुले भने, ‘तर, शुक्रबार नेपाल प्रहरीले त्यो मापदण्ड अपनाएको देखिँदैन । पसिनाबाट सर्ने खालका हेपाटाइटिसजस्तो रोग सर्यो भने  त्यसको जिम्मेवारी कसले लिने ?’

त्यो दिन सुरक्षा चेक जाँचमा प्रहरी चुकेकोमा पनि सबै एकमत छन् । अध्यागमन कर्मचारीले प्रहरीलाई हात हालेकै अवस्थामा पनि त्यहाँ रहेका आधा दर्जन प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा गलत काम गरेको बताइन्छ । ‘अध्यागमनका कर्मचारीलाई नियन्त्रणमा लिनुपर्थ्यो, तर,भकुर्ने होइन । त्यो गलत भयो,’ एक जना पूर्व प्रहरी अधिकारीले भने ।

एउटा गल्ती भइसकेपछि शुक्रबार दिउँसो प्रहरीले अर्को गल्ती गरेको एकथरीको विश्लेषण छ । अध्यागमन कार्यालयका प्रमुखले घटनाको सिसिटीभी हेर्न आग्रह गर्दा प्रहरी अधिकृतले अस्वीकार गरिदिएका थिए । तहगत रुपमा गृह मन्त्रालयका सहसचिवस्तरको अधिकृतले गरेको आग्रहलाई लत्याएर आफूभन्दा तल्लो तह र पदका प्रहरीले हायलकायल पारेपछि घटना थप जटिल बनेकोमा दुई मत छैन ।

तत्काल सिसिटिभी फुटेज अध्यागमनको हाकिमलाई हेर्न नदिइएको, तर मिडियामा पठाएकाले प्रहरीको आलोचना भएको छ । किनकि सिसिटीभी फुटेज रेकर्ड प्रहरीको मातहतमा हुन्छ । उसैले अध्यागमनका हाकिमलाई हेर्न नदिएर मिडियामा पठाएपछि अहिले शुक्रबारको मुक्का प्रहारले नयाँ रुप लिन थालेको हो ।

विश्वस्त सूत्रका अनुसार नेपाल प्रहरी, आर्मी, सशस्त्र प्रहरी बल गरेर टिआइएमा रहेका सबै जनशक्तिको सट्टा सशस्त्र मात्रै राख्दाको जनशक्ति प्रक्षेपण पनि गरिएको छ । एपीएफको सीमा विभागले विमानस्थल सुरक्षा टेक ओभर गर्न एक हजार ४७१ सुरक्षाकर्मीको आवश्यकता रहने खाका पनि बनाइसकेको छ ।

टिप्पणीहरू