कर्मचारी कुटपिट काण्डमा डिएसपीमाथि कार्वाहीको तयारी

कर्मचारी कुटपिट काण्डमा डिएसपीमाथि कार्वाहीको तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत हप्ता प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबीच भएको कुटाकुटसम्बन्धी छानबिन र अनुसन्धान गर्न गठित समितिले हिजो अबेर प्रतिवेदन बुझाएको छ । 

सहसचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरेको बुझिएको छ । सोही घटनामा संलग्न डिएसपी रेवतीरमण पोखरेललाई भने अनुशासनको कारवाहीका निम्ति  सिफारिस गरिएको छ । 

जवानहरु रविरञ्जन गुप्ता र राजकुमार महतोमाथि पनि अनुशासनको कारबाही गर्नुपर्ने ठहर छ । समितिले विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालयमा फिर्ता बोलाई विभागीय कारबाहीको सिफारिस गरेको स्रोतले बतायो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत शुक्रबार प्रहरी र अध्यागमनका कर्मचारीहरुबीच कुटाकुट भएको थियो । दुबै पक्षले तीब्र दबाब दिएसँगै समितिले प्रतिवेदन बुझाएको हो ।

अध्यागमन अधिकृत मोक्तानले प्रहरीको सुरक्षा जाँच अस्वीकार गरेपछि हानाहान भएको थियो । प्रहरीहरुले सुरक्षा जाँचमा मोक्तानले असहयोग गरेको र अध्यागमनका कर्मचारीहरुले मोक्तानमाथि अनावश्यक रुपमा हातपात गरेको आरोप लगाउँदै आएका छन् ।

टिप्पणीहरू