रविका सदस्यले सामाजिक सञ्जालमा घण्टी बजाउनैपर्ने

रविका सदस्यले सामाजिक सञ्जालमा घण्टी बजाउनैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि समितिमा पदाधिकारी तथा सदस्य हुन चाहने व्यक्तिले त्यसअघि सामाजिक सञ्जालमा घण्टीको प्रचारप्रसार गरेकै हुनुपर्ने नियम बनाएको छ । मधेश प्रदेश समितिमा रिक्त सदस्य पूर्तिका लागि हिजो आह्वान गरिएको विज्ञापनमा पाँच वटा योग्यता तोकिएको छ । 

तीमध्ये चौथो नम्बरमा लेखिएको छ, ‘सामाजिक सञ्जालमार्फत् पार्टीको नाम वा चुनाव चिन्ह उल्लेख भएको कुनै न कुनै प्रचार प्रसार पार्टीको केही सामाग्री पोष्ट भएको प्रमाण ।’ चैत २ गतेभित्र इच्छुकलाई आवेदन दिन आग्रह गरिएको विज्ञापनमा उम्मेदवारले पाँच सय रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ ।

विगतमा अर्को पार्टीमा रहेको भए कम्तीमा ३५ दिनअगाडि सो पार्टीबाट राजीनामा गरेको हुनुपर्ने छ । त्यसरी राजीनामा दिएको सार्वजनिक घोषणा गरेको प्रमाणसमेत पेश गर्नुपर्ने योग्यताको ३ नम्बरमा लेखिएको छ ।

टिप्पणीहरू