आगामी बजेटसम्म सचिव पुस्कर अर्थमै थमौती,उद्योगमा कृष्ण राउत

आगामी बजेटसम्म सचिव पुस्कर अर्थमै थमौती,उद्योगमा कृष्ण राउत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा अघिल्लो महिनासम्म सरकारमा रहेका दलको समीकरण परिवर्तन भएपछि सचिवहरुको सरुवाले चर्चा पायो । सोही क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लैजाने तयारी गरियो । उक्त मन्त्रालयमा एमालेका दामोदर भण्डारी मन्त्री हुनुहुन्छ । 

तर,हिजो बिहान बसेको संवैधानिक परिषद बैठकले रायलाई महालेखापरीक्षकमा नियुक्तिको लागि सिफारिस गरेको छ । सोही कारण सचिव कृष्ण राउतलाई उद्योग मन्त्रालय लगिएको छ । पहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका राउत अहिले प्रधानमन्त्री कार्यालयबाट सरुवा भएका हुन् ।

यता अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करको सरुवा केही समयको लागि रोकिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमाको प्रक्रिया शुरु भएकाले केही महिना उनको सरुवा स्थगित भएको बताइएको छ ।

टिप्पणीहरू