देशव्यापी रुपमा ‘भिटामिन ए’ खुवाइने, छुटेका खोप पनि सँगसँगै
सरकारले राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशव्यापी रुपमा बालबालिकाहरुलाई भिटामिन ए खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भिटामिन ए संगै पाँच वर्षमुनिका बालबालिकालाई छुट खोप पनि लगाइँदैछ । हरेक स्वास्थ्य संस्थाबाट खोप उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।
खोपबाट बचाउन सकिने रोगहरुबाट सुरक्षित गराउन १५ महिना उमेरभित्र ९ वटा खोपको सबै मात्रा पूरा गर्नुपर्ने समेत मन्त्रालयले बताएको छ ।
टिप्पणीहरू