नातिलाई भाङ्ग्रा ओढाउने अर्बपति
ढङ्ग नमिलेको या कामचलाउ लुगा लगाएर कोही बाटोमा हिंड्दै गरेको भेटियो भने त्यस्तालाई भाङ्ग्रो ओढेको भन्ने चलन छ ।
नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले पनि त्यही भाङ्ग्रे काम गरेर दुनियाँ हँसाएका छन्,निर्दोष नातीको इज्जत लिलाम गरेका छन् । उनका तीन भाइ छोरामध्ये माइलो राहुल दुबईमा बस्छन् । राहुलको तेस्रो सन्तानलाई भात खुवाउन चौधरी परिवार गत महिना उता गएको थियो । भारतीय युवतीसँग विवाह गरेका राहुललाई यसचोटी पनि तेस्रो छोरीको बाबु बन्ने अवसर जुरेको हो ।
तिनै नातिनीको भातखुवाइका निम्ति विनोद श्रीमती सारिका,काठमाडौं र नयाँ दिल्ली बस्ने दुई छोरा,बुहारी,नाति नातिनासहित दुबई गएका थिए । उनीहरुसँगै माइलो भाइ वसन्त र कान्छो अरुणका परिवार पनि त्यता गएर आइसकेका छन् ।
विनोदका जेठो छोरा निर्वाण काठमाडौं र कान्छो छोरा वरुण चौधरी परिवारसहित नयाँ दिल्लीमा बस्छन् । उनै वरुणका छोरावंश चौधरीको एउटा भिडियो यतिबेला उनै बिनोदले सामाजिक सञ्जालमा हालेका छन् । दिल्ली,गुरुग्रामस्थित शिव नादर स्कूलमा आयोजित सार्वजनिक कार्यक्रममा ती बालकले नेपालबारे बोलेको भिडियो हो त्यो ।
‘विनोद चौधरी अर्को वर्षलाई पनि यसैबाट काम चल्छ भनेर हिसाबकिताब मिलाइवरी लुगा सिलाउँदा रहेछन् ।"
सानै उमेरमा नेपालबारे नातिले प्रस्तुत गरेको विवरण प्रशंसायोग्य छ । तर, डलर अर्बपतिका नातिले सार्वजनिक कार्यक्रममा नेपाली पोशाकमा प्रस्तुत हुँदा लगाएको कोटमाथि भने धेरैले व्यङ्ग्य कसेका छन् । एक जना लेख्छन्, ‘कपडा त फिटिङको सिलाउनु नि,नेपालको प्रतिनिधित्व चलिहाल्छ भनेर होला कि!’
त्यस्तै बस्नेत रोमाको कमेन्ट छ, ‘हे भगवान !" सानो बालकले लगाएको कपडाको सबै जस अपजस अविभावकले लिनुपर्ने हुन्छ । तर, सार्वजनिक कार्यक्रममा त्यस्तो कोट लगाइदिँदा चौधरीको हैसियतबारे भारतीय समुदायले कस्तो धारणा बनायो होला ? सोही फोटोमा देखिएको अस्वभाविक कोटबारे सुशील खत्रीले लेखेका छन्, ‘सगरमाथाभन्दा ठूलो बाबुको कोटको बाउला रहेछ ।’ धन भएको तर मन नभएकोतर्फ संकेत गर्दै सुनिल थापा व्यङ्ग गर्छन्, ‘विनोद चौधरी अर्को वर्षलाई पनि यसैबाट काम चल्छ भनेर हिसाबकिताब मिलाइवरी लुगा सिलाउँदा रहेछन् ।"
त्यसो त चौधरी कतिसम्म चुइयाँ भने उनले श्रीमती र बुहारीहरु काठमाण्डौ-दिल्ली आउन जान पर्दा नेपाल एअरलाइन्सको जहाजमा इकोनोमीतर्फको सस्तो फेयरवाला टिकट काट्ने र उसै त तन्नम हालतमा पुगिसकेको राष्ट्रिय ध्वजावाहक कम्पनीका हाकिम र पर्यटन मन्त्रीहरुलाई दवाव दिएर बिजनेस क्लासमा सफर गर्ने गरेका अनेक दृस्टान्त जनआस्थासङ्ग सुरक्षित छन् ।
टिप्पणीहरू