ललितकलामा सिसी कला प्रदर्शनी

ललितकलामा सिसी कला प्रदर्शनी

काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ ।

आगामी एक हप्तासम्म चल्ने उक्त प्रदर्शनी आजदेखि शुरु भएको हो । कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी गराइएको छ । 

पुस २० गतेसम्म चल्ने मेलामा सिसीका ४५ वटा कला राखिएको छ । पाँचतले मन्दिर,पशुपति,जानकी मन्दिर,तलेजु भवानी र काष्ठमण्डपको कला त्यहाँ राखिएको ताम्राकारले जानकारी दिए । 

नयाँ सिर्जना र कला भएको मानिसले देशमै केही गर्न सक्छ भन्ने संदेश दिन प्रदर्शनी आयोजना गरिएको उनले बताए ।

टिप्पणीहरू