एमाले र माओवादीहरुले सिटिईभिटीको काम ठप्प पार्दै

एमाले र माओवादीहरुले सिटिईभिटीको काम ठप्प पार्दै
सुन्नुहोस्

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) मा आज एमाले र माओवादी समर्थक कर्मचारीहरुले काम ठप्प पार्न लागेका छन् । उनीहरुले भक्तपुरको सानोठिमीस्थित कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालयमा पेन डाउनको कार्यक्रम राखेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र निकट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्मचारी संगठन र नेकपा एमाले निकट कर्मचारी संगठनले कर्मचारी तथा संस्थाको हकहितको नाममा पेन डाउन कार्यक्रम राखेका हुन् । माओवादी कर्मचारी संगठनले पाँच र एमाले संगठनले १५ बुँदे माग राखेका छन् ।

एमाले कर्मचारी संगठनले गत फागनुमा परिषद् व्यवस्थापनसँग भएको १५ बुँदे सम्झौता कार्यान्वयन नभएकाले कार्यालय समयमा पेन डाउन गर्न लागिएको जनाएको छ । माओवादीले केन्द्रीय समितिको पोखरामा सम्पन्न चौथो पूर्ण बैठकको निर्णय अनुसार आन्दोलन थालिएको बताएको छ ।

टिप्पणीहरू