टिकटकको लभले विदेशमा बन्धक

टिकटकको लभले विदेशमा बन्धक

युवतीलाई यौन शोषण तथा बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका-३ घर भइ हाल काठमाडौँको नागार्जुन नगरपालिका-१ बस्ने फरमान हवारी भनिने फिरोज खानलाई प्रहरीले नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार फिरोज र पीडित युवतीबीच टिकटकमार्फत चिनजान भएको थियो । त्यसपछि युवतीलाई बिबाहको प्रलोभनमा पारेर उनले पटक-पटक यौन शोषण गरेको र दुबई पुर्याई बन्धक बनाएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता ज्ञानेन्द्र प्रसाद फुयाँले जानकारी दिए । 

युवतीलाई क्यानडा पठाउने आशा देखाएर उनले ११ लाखभन्दा बढी रकमसमेत लिएको प्रहरीले जनाएको छ । फिरोजले यसअघि अन्य युवतीलाई पनि बिहेको प्रलोभनमा पारेर यौन शोषण गरेको र विभिन्न देशमा बेचेको प्रहरीको अनुमान छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू