खाजा समयपछि अस्पतालका कर्मचारी धर्नामा

खाजा समयपछि अस्पतालका कर्मचारी धर्नामा फाइल फाेटाे

काठमाडौंको मीनभवनस्थित सिभिल सर्भिस हस्पिटलका कर्मचारी धर्नामा बसेका छन् । उनीहरु आज पनि दिउँसो साढे १ बजेपछि धर्नामा बसेको बताइएको छ ।

पछिल्लो १३१ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका करार कर्मचारीहरु धर्नामा बसेका हुन् । करार कर्मचारी हित संघर्ष समितिको आयोजनामा अस्पतालमा कार्यरत करार रेडियोलोजीतर्फका कर्मचारीहरु आन्दोलनमा उत्रँदै आएका छन् ।

करारका कर्मचारीलाई सोझै स्थायी गर्नुपर्ने उनीहरुको माग रहेको अस्पताल प्रशासनले जनाएको छ । प्रदर्शनकारीहरुले माग पूरा गर्नैपर्ने भन्दै कालोब्यानर, प्लेकार्डसहित धर्ना दिँदै आएका छन् । 

आजको धर्नामा संयोजक जानुका रिजालको नेतृत्वमा सहसंयोजक बिनिता दाहाल, करार कर्मचारीहरुलगायत झण्डै आधा दर्जनको उपस्थिति छ ।

टिप्पणीहरू