मटिहानीका महिलालाई मेहन्दी तालिम

मटिहानीका महिलालाई मेहन्दी तालिम
सुन्नुहोस्

महोत्तरीको मटिहानी नगरपालिकाले स्थानीय महिलालाई लक्षित गरि 'मेहन्दी तालिम' सञ्चालन गरेको छ । 

महिलाको सीप विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले आजदेखि तालिम सुरु गरेको हो । वडा नम्बर १ को सिरसियास्थित सामुदायिक भवनमा सञ्चालन भैरहेको १५ दिने तालिममा २५ जना महिला सहभागी छन् ।

 

तालिमको उद्धघाटन गर्दै नगर प्रमुख हरिप्रसाद मण्डलले यस्तो प्रकारको तालिमबाट महिलामा सिप विकास हुनुका साथै आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरे ।

 

उद्धघाटन कार्यक्रममा उपप्रमुख मंजुदेवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, सूचना प्रविधि शाखा प्रमुख जयकुमार यादव, प्रशिक्षक पुजा रायलगायत उपस्थित थिए ।

टिप्पणीहरू