दुर्गा प्रसाईंका कारण एनआईसी एसिया बैंकमा व्यापक प्रहरी

दुर्गा प्रसाईंका कारण एनआईसी एसिया बैंकमा व्यापक प्रहरी
सुन्नुहोस्

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको कार्यक्रमका कारण प्रहरीले नजिकैको एनआईसी एसिया बैंकको मुख्य कार्यालय सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी खटएको छ । दुर्गा प्रसाईं नेतृत्वको उक्त महाअभियानले आज दिउँसो माइतीघरमा बैंक तथा वित्तीय संस्थाको ज्यादतीका विरुद्ध विरोध कार्यक्रम राखेको छ ।

यसअघि माघ १७ गते उक्त समूहले काठमाडौँ महानगरपालिका–२९ वडा कार्यालय घेराउ गर्दै एनआईसी एसिया बैंकले वडा निवासी नलिसा खानको घर गैरकानुनी तवरले लिलामी गर्न लागेकोमा विरोध गरेको थियो । बैंकमा धितो राखिएको घरलाई समयावधि अगावै बैंक र वडाध्यक्ष कुशकुमार ढकालको आपसी मिलेमतोमा बिक्री गराई खानलाई बिचल्ली पारेको प्रसाईं समूहले आरोप लगाउँदै आएको छ । 

बैंकको धितो लिलामी प्रक्रियामा लैजानुपूर्व ३५ दिने सूचना निकाल्नुपर्नेमा त्यसो नगरिएको र महानगरको न्यायिक समितिमा समेत छलफल नगरिएको दाबी गर्दै प्रसाईं समूहको काठमाडौँ जिल्ला समितिले वडा कार्यालयमा धर्ना दिएको थियो । सोही समूहले यस सम्बन्धमा महानगरमा उजुरी समेत हालेको थियो ।

प्रसाईं निकट केही व्यक्तिले गतसाता एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका थिए ।

 

टिप्पणीहरू