जहाजको ठक्करबाट विमानस्थल प्रमुख घाइते

जहाजको ठक्करबाट विमानस्थल प्रमुख घाइते

मुगुमा जहाजको ठक्करबाट एक जना घाइते भएका छन् । आज दिउँसो सीता एयरको जहाजले ठक्कर दिदाँ रारा विमानस्थल प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार नेपालगञ्जबाट यात्रु लिएर रारा आएको टुइटेनर जहाज अवतरणका लागि संकेत गरिरहेका भाम पाइलटले बोलाएपछि जहाजतिर जाँदा ठोक्किएका हुन् । 'पाइलटले बोलाएपछि उहाँ जहाजतिर गइरहनुभएको थियो, त्यतिबेला अचानक जहाजको अघिल्लो भागले अलिकति छोएको हो', जिप्रकाका प्रमुख वीरेन्द्र थापाले भने ।  

ठक्करबाट टाउकोमा सामान्य चोट लागेका भामलाई सोही जहाजमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी प्रमुख थापाले बताए ।

टिप्पणीहरू