कालिकोटमा जीप दुर्घटना : गम्भीर घाइतेको सैनिक हेलिकप्टरबाट उद्धार

कालिकोटमा जीप दुर्घटना : गम्भीर घाइतेको सैनिक हेलिकप्टरबाट उद्धार

कालिकोटमा भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल लगिएको छ । 

प्रहरीका अनुसार सुर्खेतबाट शुभकालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७१७ नम्बरको बोलेरो जीप आज दिउँसो शुभकालिका गाउँपालिका–६, शीतलबजारमा दुर्घटना भएको थियो । दुर्घटनामा स्थानीय सातजना घाइते भएका छन् ।  

तीमध्ये गम्भीर घाइते रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित सैन्य तालिम केन्द्रमा तालिमरत विजया शाहीसहित पुजा शाही र देउदत्त आचार्यलाई थप उपचारका लागि नेपाली सेनाको एनए–०६६ बीईएलएल हेलिकप्टरमार्फत प्रदेश अस्पताल लगिएको हो ।

टिप्पणीहरू