प्रधानमन्त्री कार्यालय अगाडि ओलीले भन्नुभयो- भेट राम्रो भयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज अपराह्न उहाँहरुले भेट गर्नुभएको हो । त्यसक्रममा प्रधानमन्त्रीको भारत भ्रमण, नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा भित्र्याउने तयारी, बजेटलगायत समसामयिक राजनीतिक विषयमा कुरकानी भएको बताइएको छ ।
भेटपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘भेट राम्रो भयो !’
एमालेका कतिपय नेताहरुले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाइरहेको र प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन सो पार्टीका सांसदले माग गरिरहेका बेला प्रचण्ड र ओलीबीच भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
टिप्पणीहरू