दमकमा आइतबार सार्वजनिक बिदा

दमकमा आइतबार सार्वजनिक बिदा

झापाको दमक नगरपालिकाले पर्सि आइतबार सार्वजनिक बिदा दिएको छ । 

नगरपालिकाको प्रथम जातिको रुपमा घोषित धिमाल जातिले मनाउने जातिरि–सिरिजात पर्वको अवसरमा आउँदो आइतबार नगरभित्र सार्वजनिक बिदा दिइएको हो । आज सूचना जारी गर्दै नगरपालिकाले सो दिन सम्पूर्ण कार्यालयसहित शैक्षिक संस्था बन्द रहने जानकारी दिएको छ । 

‘दमक नगरपालिकाको प्रथम जातिको रुपमा घोषित धिमाल जातिले विगत वर्षहरुमा झैं यस वर्ष पनि बृहत कार्यक्रमका साथ जातिरि–सिरिजात पर्व मनाउने भएको हुँदा नगरपालिकाको मिति २०८१–०२–३२ को निर्णयानुसार मिति २०८१ साल असार २ गते एक दिन दमक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, आधारभूत केन्द्र तथा मातहतका शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिएको...’, सूचनामा उल्लेख छ ।

धिमाल जातिले नयाँ वर्षको आगमनको खुशीयालीमा यो पर्व मनाउने गर्दछन् । हरेक वर्षको वैशाख २ देखि असार २ गतेसम्म यो पर्व मनाइन्छ ।

टिप्पणीहरू