विशेष विमानमा अमेरिकी सेनाको फौज काठमाडौँ ओर्लियो

विशेष विमानमा अमेरिकी सेनाको फौज काठमाडौँ ओर्लियो

नेपाली सेनासँग हुने संयुक्त तालिमका लागि अमेरिकी सेनाको टोली नेपाल आइपुगेको छ । अमेरिकी सेनाको एडभोन टिमका क्याप्टेन केभिन्स मेन्डेजको कमाण्डमा १३ जनाको टोली अमेरिकी वायुसेनाको विशेष विमानमा अपराह्न काठमाडौँ ओर्लिएको हो । 

डिप्लोमेटिक फ्लाइटमार्फत अमेरिकी एयरफोर्सको कल साइन TREK931 रहेको उक्त जहाज अपराह्न चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । अमेरिकाबाट मलेसियाको राजधानी कोललम्पुर हुँदै आएको जहाजमा नौ जना क्रु मेम्बर र चार यात्रुसहित १३ जना छन् । 

दुई देशका सेनाले असार ३ गतेदेखि २८ गतेसम्म संयुक्त रुपमा गर्ने 'ब्यालेन्स नेल' तालिममा सहभागी हुन अमेरिकी फौज बन्दोबस्तीका समानसहित नेपाल आएका हुन् ।

टिप्पणीहरू