अहिले फेरि उत्तरबाट ठूलो टोलीको आगमन

अहिले फेरि उत्तरबाट ठूलो टोलीको आगमन

चीनबाट अर्को उच्चस्तरीय पाहुना टोली नेपाल आइपुगेको छ । सिचुआन प्रान्तका उपगभर्नर तथा प्रान्तीय सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हानपिङ नेतृत्वको टोली सवार विमान केही बेरअघि काठमाडौं विमानस्थलमा अतवरण गरेको छ ।

सिचुआन एअरलाइन्सको उडान नम्बर 3U ३९०१ मा आएको टोलीमा तेङ हुवा,चङ सिआओछिङ,चोङ ख,थाङ चिआनसिन रहेको बताइएको छ ।

भोलि गृहमन्त्री रवि लामिछानेसङ्ग भेटेर छलफल गर्ने तयारीमा रहेकोे उपगभर्नर नेतृत्वको टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायत चिनियाँ दूतावासका कर्मचारी र गृह मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् । मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलगायत एक जना उपसचिव र एक जना शाखा अधिकृत यसनिम्ति विमानस्थल पुगेका थिए ।

त्यस्तै चिनियाँ दूतावासका उपनियोग प्रमुख वाङ सिन,काउन्सिलर चि वाङ, थर्ड सेक्रेटरीहरु र अट्याची पनि स्वागतमा विमानस्थल पुगेका छन् ।

टोली पर्सि दिउँसो १ बजे श्रीलंकन एअरलाइन्सको उडानमा काठमाडौंबाट कोलम्बो जाने कार्यक्रम छ ।

नेपाल भ्रमणमा अस्ति आएको चिनियाँ सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ नेतृत्वको पाहुना टोली भोलि बिहान स्वदेश फर्कने कार्यक्रम छ । यसअघि शुक्रबार आएको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बाटेर नेतृत्वको टोली हिजो स्वदेश फर्केको छ । नेपाल मामिला हेर्ने उप बिदेशमन्त्री चाहि असार १२ गते आउने तयारी चलिरहेको छ ।

 

टिप्पणीहरू