कालोपट्टी बाँधेर संसदका कर्मचारी धर्नामा

कालोपट्टी बाँधेर संसदका कर्मचारी धर्नामा

तलव सुविधा बढाउन माग गर्दै केही दिनदेखि आन्दोलनमा रहेका संघीय संसद सचिवालयका कर्मचारीहरु आज पनि विरोधमा उत्रिएका छन् । उनीहरुले संसद भवन परिसरमै धर्ना दिएका हुन् । 

सरकारी पोशाकमा आइडी कार्ड भिरेर धर्नामा बसेका कर्मचारीहरुले विरोधस्वरूप हातमा कालोपट्टी बाँधेका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासे, उपाध्यक्ष प्रमिला पौडेल गौतम, सचिव सरस्वती रिजाल, कोषाध्यक्ष रामकृष्ण भेटवाललगायतको त्यहाँ उपस्थिति रहेको जनाइएको छ ।

प्रोत्साहन भत्तालगायत ११ बुँदे माग राखेर आन्दोलनमा ओर्लिएका कर्मचारीहरुको सरोकार सम्बोधन गर्न सभामुख देवराज घिमिरेले हिजो छलफल आयोजना गर्नुभएको थियो । आज अर्थमन्त्री वर्षमान पुनसँग छलफल हुने बताइएको छ ।
 

टिप्पणीहरू