अकुत सम्पत्ति थुपार्ने सरकारी कर्मचारीलाई थप कारवाहीको माग

अकुत सम्पत्ति थुपार्ने सरकारी कर्मचारीलाई थप कारवाहीको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको एउटा मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिए । 

सार्वजनिक सेवामा प्रवेश गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै ०७७ जेठ ७ गते काठमाडौंको टोखा नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध अख्तियारले पौने १८ करोड बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो । 

विशेष अदालतको गत असोज २ गतेको फैसलाले आंशिक दाबी पुग्ने भन्दै दोषी ठहर गरेप नि आयोगले मूल्यांकन गरी कायम गरेको रकमलाई अदालतले मान्यता नदिएकोले उक्त फैसला त्रुटिपूर्ण रहेको जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।

टिप्पणीहरू